देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस संसदीय दलको बैठक बस्दै

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा आफ्ना मागलाई थप जोडदारका साथ उठाउने भएको छ । यो विषयमा छलफल गर्न काँग्रेसले आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ । काँग्रेसले भूकम्पपीडितको आवास पुनःनिर्माणलगायत विषयमा सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै चार दिनदेखि संसद्को बैठक अवरुद्ध पार्दै आएको छ ।  

संसद्मा आफ्ना मागलाई कसरी प्रभावकारी र व्यवस्थित ढङ्गले उठाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए । उनले माग सम्बोधनका लागि संसद्मा दबाबस्वरुप सबै सांसदलाई अनिवार्य उपस्थित गराई अनुशासित ढङ्गले विचार व्यक्त गर्ने सम्बन्धमा पनि बैठकमा नेताहरुले आवश्यक अभिमुखीकरण दिने बताए । 

अहिलेसम्म गर्दै आएका दबाबका कार्यक्रमको समीक्षा गर्दै बैठकले आगामी कार्यक्रमसमेत तय गर्ने प्रमुख सचेतक श्रेष्ठले बताए । बैठकका लागि सम्पूर्ण सांसदलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको काँग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

]]>