देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा सुरु

देशान्तर

काठमाडौँ । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पिटिए)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायतका विषयमा छलफल गर्ने उद्देश्यका साथ ऊर्जा सचिवस्तरीय बैठक भारतको नयाँदिल्लीमा आजदेखि सुरु भएको छ ।  पिटिए कार्यान्वयनमा देखिएको अवरोध हटाउने, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सुदृढीकरणका विषय बैठकको प्रमुख कार्यसूची रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।  

ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थका अनुसार दुई देशबीच भएको सहमति र कार्यान्वयनको अवस्थाका बारेमा समेत सचिव तथा सहसचिवस्तरीय बैठक सुरु भएको जानकारी दिए । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुमनप्रसाद शर्मा, सहसचिव दिनेश घिमिरे, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका प्रमुख तथा उपकार्यकारी निर्देशकलगायतको उच्चस्तरीय टोली सहभागी रहेको छ । भारतका तर्फबाट ऊर्जा तथा जलस्रोत मन्त्रालयका सचिवलगायतका अधिकारीको सहभागिता रहेको छ ।  

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइनको विषय पनि प्रमुख प्राथमिकतामा रहेको छ । त्यसमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा छलफल सुरु भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।  यस्तै हाल ८० मेगावाट विद्युत् आयात भइरहेको ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप १२० मेगावाट विद्युत् आयात गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ । त्यस्तै कुशाहा कटैया, रक्सौल परवानीपुर डबल सर्किट प्रसारण लाइनबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्ने विषयमा समेत सचिवस्तरीय बैठकमा छलफल हुनेछ ।

नेपाल–भारत एकीकृत प्रसारण लाइन गुरुयोजना, दुई देशका प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका विषयमा समेत सचिवस्तरीय बैठकमा छलफल हुनेछ । नेपाल र भारतबीच २०७१ कात्तिक ४ गते पिटिए भएको थियो भने गत फागुन २ बाट ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात गरिँदै आएको हो । 

]]>