देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रासायनिक मलको समस्या समाधान गर्न समिति

देशान्तर

काठमाडौँ । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले रासायनिक मल कारखाना स्थापना, वितरण प्रणाली र आपूर्तिमा देखिएको समस्या समाधान गर्न एक अध्ययन समिति गठन गरेको छ ।  समितिको बैठकले सांसद काशीनाथ अधिकारीको संयोजकत्वमा रासायनिक तथा जैविक मलको आयात, वितरण तथा अन्य प्रक्रियाका बारेमा स्थलगत अध्ययन समेत गर्ने गरी समिति गठन गरिएको सभापति गगनकुमार थापाले जानकारी दिए  ।  

सभापति थापाका अनुसार रासायनिक मल आयातमा निजी क्षेत्रको सहभागिता तथा सरकारी प्रयासका बारेमा समेत अध्ययन गर्न कार्यादेश तोकिएको छ । उक्त समितिलाई भारतको समेत अनुभव अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।  यस्तै भारतको अघोषित नाकाबन्दीका समयमा विभिन्न भन्सार नाकामा रोकिएको रासायनिक मल तत्काल छुटाउन तथा आवश्यक प्रक्रिया मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । खेतीपातीका समयमा किसानले मल नपाएको भन्ने चर्को गुनासो आइरहेको तर वीरगन्ज भन्सार नाका लगायत विभिन्न नाकामा मल रोकिए पनि प्रवेश प्रक्रिया र भन्सार शुल्कका कारण समस्या पैदा भएको जानकारी आएकाले सो समस्या तीन दिन भित्र मिलाउन र सोको जानकारी आफूलाई गराउन समेत समितिले सरकारलाई निर्देश गरेको छ ।

यस्तै समितिले माथिल्लो कर्णाली, पश्चिम सेती र अरुण तेस्रो जस्ता ठूला आयोजनाको स्थलगत अध्ययनका क्रममा देखिएको विषयवस्तुलाई एकीकृत कागजात बनाएर सदनमा नै पेस गर्ने गरी आवश्यक तयारी गरिएको छ । ती आयोजनाबारे अध्ययन प्रतिवेदन तयार गर्न सभापति थापाले संयोजन गर्ने जिम्मा लिएका छन् । सभापति थापाको नेतृत्वमा रहेको ऊर्जा सङ्कट कार्ययोजना अनुगमन समितिले आवश्यक तयारी गर्नेछ ।

यस्तै खाद्यान्न, तरकारी र फलफूलको गुणस्तरमा गुणस्तर मापन गर्ने प्रयोगशाला, विषादिको प्रयोग, सोसम्बन्धी नीतिगत व्यवस्था लगायत विषयमा अध्ययन गर्न सांसद रामेश्वर ढुङ्गेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ ।

]]>