देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पासाङल्हामु राजमार्ग बन्द

देशान्तर

धुन्चे । गए रातिको वर्षासँग आएको पहिराले जिल्लाको पासाङल्हामु राजमार्गका दुई स्थानमा पहिरो गएको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार राम्चे गाविस–१ मूलखर्क र टिमुरे गाविस–१ रसुवागढी नजिक पहिरो जाँदा नेपाल–चीन केरुङको व्यापारिक मार्ग बन्द भएको छ ।

नेपालको उत्तरी नाका अवरुद्ध हुँदा मालबाहक सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् । पहिरो क्षेत्रका आसपासमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख विष्टले बताए ।

अवरुद्ध सडक खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रजिअ कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

]]>