देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागुऔषध प्रयोगकर्ताको अवस्था विकराल

देशान्तर

विराटनगर । मोरङमा लागुऔषध दुव्र्यसनको अवस्था विकराल रुपमा देखिएको छ । सीमावर्ती जोगवनी बजारबाट अवैध ढङ्गले लागुऔषध भित्रिने गरिएकाले यसको प्रयोगकर्ताको सङ्ख्या बढिरहेको छ । सीमावर्ती भारतीय बजारमा पुगेर कतिपय युवा लागुऔषध प्रयोग गर्ने र बोकेर आउने गर्छन् । यस कार्यमा संलग्नलाई नियन्त्रण गर्नका जिल्ला प्रहरी कार्यालय मोरङले पहिलो प्राथमिकतामा राखेको छ ।  

जिल्लाको भारतसँग ६३ किमी खुल्ला सिमाना पर्छ । खुल्ला सिमानाको फाइदा उठाएर लागुऔषध प्रयोगकर्ता यस्ता अवैध काममा संलग्न छन् । खासगरी भारतको जोगबनी बजारबाट अधिकांश मात्रामा लागुऔषध भित्रिने गरिएको हो ।  विराटनगरका रानी क्षेत्र, बसपार्क लगायत ठाउँमा लागुऔषध नियन्त्रण ब्युरो सक्रिय भएर जुटेको देखिन्छ । प्रायः प्रत्येक दिन लागुऔषधसहित युवा पक्राउमा पर्ने गरेको प्रहरीको तथ्याङ्कबाट प्रस्ट हुन्छ ।

प्रहरी उपरीक्षक सन्दीप भण्डारीले लागुऔषध नियन्त्रण कार्यलाई गत फागुनदेखि पहिलो प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । फागुनदेखि यही असार १० गतेसम्ममा ७६ मुद्दा दर्ता भई १०३ जनालाई कारबाही गरिएको उनले बताए ।

चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयले ११९ मुद्दा दर्ता गरी १६४ जनालाई कारबाही गरेको छ । सो अवधिमा करिब १२ हजार लागुऔषधका चक्की र लागुऔषधका रुपमा प्रयोग गर्ने गरिएका करिब ८०० औषधिको सिसी बरामद गरिएको छ ।चालु आर्थिक वषमा पक्राउमा परेका मध्येबाट सादा तारेखमा एक, धरौटीमा ४२, पुर्पक्षमा ७८, बालसुधार गृहमा एक र अनुसन्धानमा ३८ जना छन् ।

]]>