देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद खुलाउने बिषयमा कार्यदलमा सहमति भएन, शीर्ष नेताको बैठक तीन बजे

देशान्तर

काठमाडौं । भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ अनुदान दिनुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरिरहेको संसद अवरोध हटाउनेबारे दलका शीर्ष नेताहरुबीच मंगलबार छलफल हुने भएको छ। दिउँसो तीन बजेका लागि छलफल तय भएको एक नेताले जानकारी दिए।  

यसअघि संसद अवरोध हटाउन मंगलबार बिहान बसेको चार दलका नेता सम्मिलित कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको थियो।  मंगलबार बिहानको बैठकमा कांग्रेस सदस्यले एकमुष्ट रकम दिनु पर्ने र एमालेका सदस्यले एकमुष्ट रकम दिन नसकिने बरु चाँडो पैसा दिने वातावरण बनाउनु पर्ने अडान राखेपछि बैठक टुंगोमा पुग्न नसकेको हो।

कार्यदलमा  एमालेका तर्फबाट सुवास नेम्वाङ, भीम रावल,  कांग्रेसका कृष्ण सिटौला, प्रकाशशरण महत र चिनकाजी श्रेष्ठ, माओवादीका कृष्णबहादुर महरा र राप्रपा नेपालका दीलनाथ गिरी सदस्य छन्।  यसअघि कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट रकम नदिएसम्म संसद चल्न नदिने भन्दै चार दिन संसद बैठक अवरोध गरिसकेको छ। शीर्ष नेताहरुबीच छलफल हुने भएपछि मंगलबार दिउँसो साढे तीन बजे बोलाइएको संसद बैठक साढे पाँच बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ।   

]]>