देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कक्षा ९ को पाठ्यपुस्तकमा त्रुटि !

देशान्तर

भीमदत्तनगर । जनक शिक्षा सामग्री लिमिटेडले वितरण गरेको कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा त्रुटि भेटिएको छ । 

कञ्चनपुरको देखतभुली गाविसमा रहेको नन्द उच्च माविका विद्यार्थीलाई वितरण गरिएको कक्षा ९ को पाठ्यक्रमको छपाइमा त्रुटि भेटिएको नन्द उच्च माविका प्राचार्य शेरबहादुर भण्डारीले जानकारी दिए ।  

“कक्षा ९ को पुस्तकमा कक्षा ८ का चारवटा पाठ समावेश गरिएको पाइयो ।” प्राचार्य भण्डारीले भने, “यसमा मुद्रण गर्ने निकायको गल्ती देखिन्छ ।” 

कक्षा ९ को नेपाली विषयको पुस्तकमा पृष्ठ नं १ देखि ३० सम्म कक्षा ८ को नेपाली विषयका पाठहरु छापिएका छन् । नन्द उच्च माविका आठजना विद्यार्थीले प्राप्त गरेका पुस्तकमध्ये आठवटा पुस्तकमा उक्त त्रुटि देखिएको विद्यालयले जनाएको छ । 

उनले जनकशिक्षाका कर्मचारीहरुले गल्ती स्वीकार गर्दै त्रुटि भेटिएका पुस्तकहरु फेरबदल गरिदिने आश्वासन दिएको बताए । 

]]>