देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोरखाका दुर्गम गाउँमा खाद्यान्न अभाव

देशान्तर

गोरखा । नेपाल खाद्य संस्थानले उत्तरी गोरखाको माछाखोला र सिर्दिवास डिपोमा खाद्यान्न ढुवानी गर्न नसक्दा खाद्यान्न अभाव भएको छ । 

खाद्यान्न लिन दुई÷तीन दिन हिँडेर डिपो आइपुगेका स्थानीयवासी खाद्यान्न नपाउँदा रित्तै घर फर्कनुपरेको छ । तर सदरमुकामस्थित खाद्य संस्थानको गोदाममा भने खाद्यान्न थुप्रिएको छ । यस वर्ष दुई हजार क्विन्टल खाद्यान्न ढुवानी हुनुपर्ने भए पनि अहिलेसम्म ८४२ क्विन्टल मात्रै ढुवानी भएको छ । 

माग भए अनुसार खाद्यान्न उपलब्ध गराउन नसकिएको गुम्दास्थित डिपोका निमित्त प्रमुख बालानन्द बस्यालले बताउँदै भने,“ठेकेदारले बाटो बिग्रिएको र खच्चड नपाएको बाहना बनाएर खाद्यान्न ढुवानी गरेनन्, ।”  खाद्यान्न ढुवानीको जिम्मा प्रगति निर्माण सेवाले पाएको थियो । डिपोमा २०० बोरा मात्रै खाद्यान्न (चामल) छ । 

डिपोले स्थानीयलाई प्रतिकिलो रु ४२ मा चामल उपलब्ध गराउँदै आएको छ भने स्थानीय बजारमा प्रतिकिलोको मूल्य रु ६० पर्छ । माछाखोला डिपोले लापु, गुम्दा, लाप्राक, काशीगाउँ, केराँैंजा र उहिया गाविसका स्थानीयवासीलाई सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउँछ । यीमध्ये केराँैंजा, उहिया र काशीगाउँका स्थानीयवासीले डिपोको खाद्यान्न बढी उपभोग गर्छन् । 

यस्तै सिर्दिवासस्थित फिलिम डिपोमा तीन हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि अहिलेसम्म ९७६ क्विन्टल मात्र ढुवानी गरिएको छ । आव २०७२÷७३ का लागि गत मङ्सिरमा खाद्यान्न ढुवानी सम्झौता भएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन । सदरमुकामस्थित नेपाल खाद्य संस्थानमा तीन हजार ८०५ क्विन्टल खाद्यान्न ९उसिना चामल० थुप्रिएको संथानका निमित्त प्रमुख मोहनप्रसाद बजगाइँले जानकारी दिए ।  नेपाललाई बङ्गलादेशबाट प्राप्त भएको ५० हजार क्विन्टल खाद्यान्नमध्ये गोरखामा पाँच हजार क्विन्टल उपलब्ध भएको थियो । 

ढुवानीको जिम्मा पाएको प्रगति निर्माण सेवाका प्रमुख धनकुमार गुरुङले भूकम्पपछि अवरुद्ध मनास्लु पदमार्गको हावाडाँडादेखि माछाखोलासम्मको बाटो सुचारु नहुँदा खाद्यान्न ढुवानी गर्न नसकिएको बताए ।

माग अनुसार सहुलियतको खाद्यान्न नपाएपछि स्थानीयवासी बढी मूल्य तिरेर खाद्यान्न खरिद गर्न बाध्य छन् । । तोकिएको परीमाणमा खाद्यान्न ढुवानी नहुँदा बेर्सेनि दुर्गमका डिपो प्रायः रित्तै हुने गरेका छन् । 

]]>