देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यालयमै सुतेर दिन काट्छन् स्वास्थ्यका कर्मचारी

देशान्तर

काठमाडौं । मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन्। उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन्। स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन। चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो। मास्तिर सिलिङ पंखा घुमिरहेको थियो। उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन्।  बिरामी जाँच गर्ने, कार्यालय प्रमुख बस्ने र बिरामीलाई परामर्श दिने कोठाा खाली देखिन्थ्यो।

स्वास्थ्य चौकीका तीनवटामध्ये एउटामा चिकित्सक बस्छन्। अर्कोमा बिरामी जाँच हुन्छ।  एउटामा चाहिँ बिरामीसँग परामर्श गरिन्छ। कोठाामा पंखा घुमिरहेका थिए। टेबुलमा मुख खुलेका औषधिका बट्टा देखिन्थ्ये। बिरामी जाँच गर्ने कोठाामा औषधि मिलाएर राखिएको थियो। तर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कर्मचारी देखिँदैनथे। स्वास्थ्य जाँच गर्दा प्रयोग गरिने उपकरण असरल्ल छरिएका थिए। छेवैमा तौल जोख्ने मेसिन थियो।  कार्यालयमा कोही प्रवेश गरेको देखेपछि गाविस कार्यालयमा गफिँदै गरेका स्वासथ्य चौकीका हेल्थ असिस्टेन्ट मातृका उप्रेती आए। महिला कर्मचारी अनिता माझीलाई उठाए।

उठिसकेपछि पनि माझी केहीबेर उङ्दै बेन्चमै बसिरहिन्। उप्रेतीले झपारेपछि भने उनी मुख धुन गाविस कार्यालयको धारातिर लागिन्। उप्रेतीले इशारा गर्दै उनलाई कार्यालयमै रहन निर्देशन दिएका थिए। अन्नपूर्ण पोस्टमा समाचार छ। 

]]>