देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज राष्ट्रिय धान दिवस, दहि च्यूरा खाएर मनाइदै

देशान्तर

काठमाडौँ । आज धान दिवस अर्थात ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।

आकासे पानीको भरमा धान खेती गर्नुपर्ने बाध्यतामा रहको किसानका लागि यो वर्ष परिणम सुखद् हुने देखिएको छ । मौसमले साथ दिएका कारण यो वर्ष बैलैमा रापाईं सुरु भएको छ भने लामो समय मौसम अनुनूलहुने विज्ञहरुको पूर्वानुमानले किसानमा आशा पलाएको छ । कृषि विकास मन्त्रालय पनि मौसम यस पटक साथ दिने संकेत दिएकाले धान उत्पादन बृद्धि हुने विश्वासमा छ । तीन वर्षअघि ५० लाख ७० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । मौसम अनुकुलता रहिरहे र प्राकृतिक विपत्ति नआएमा आगमी वर्ष चालू आवको तुलनामा थप ७ लाख ७३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान मन्त्रालको छ । गत वर्ष देशभर ४७ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

]]>