काभ्रे । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकरण नगरी कृषि क्रान्ति सम्भव नहुने बताएका छन् । ‘कृषिमा थोरै मेहेनत गरेर धेरै कमाउने र यो पेसालाई मर्यादित बनाउन किसान र श्रमको सम्मान गर्ने संस्कृति बसाउनुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने ।
नेपाल किसान सङ्घ काभ्रे र नेपाली काँग्रेस उग्रचण्डी नाहाला गाउँकार्यसमितिद्वारा धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले किसानलाई सम्मान गर्ने संस्कृति नहुँदा वेरोजगारी बढेर युवाहरु विदेशीन थालेको बताए । उनले काँग्रेस किसानको पार्टी र किसानको साथी भएको बताउँदै हलो जोतेर र मजदुरका समस्या उठाएर पार्टीको स्थापना भएको प्रसङ्ग उल्लेख गरे ।
कार्यक्रममा सांसदहरु कञ्चनचन्द्र वादे श्रेष्ठ, तीर्थ लामा, काभ्रे काँग्रेसका सभापति मधु आचार्य र किसान सङ्घका केन्द्रीय अध्यक्ष भानु सिग्देलले कृषि पेसालाई प्रतिस्पर्धी, व्यावसायीकरण र सम्मानित बनाउनुपर्ने धारणा राखेका थिए । असार पन्ध्रका अवसरमा सो स्थलमा रोपाइँ महोत्सवको समेत आयोजना गरिएको थियो ।
]]>
प्रतिक्रिया