देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाजुक देशको सूचीमा नेपाल ३३ औँ स्थानमा

देशान्तर

काठमाडौं । एक अमेरिकी संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ। पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिक लगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो।

फन्डले १२ वटा सूचकांकमा गरेको अध्ययनमा १ सय २० अंकमा नेपालले ९२.२ अंक प्राप्त गरेको छ। सूचकांकमा जनसंख्याको चाप, शरणार्थी तथा आन्तरिक विस्थापित, आर्थिक तथा गरिबीको अवस्था, मानवअधिकार, असमान विकास, वाह्य शक्तिको दबाबजस्ता विषय रहेका छन्। सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्मको विभिन्न गतिविधिका आधारमा सूची तयार पारिएको पिस फन्डले जनाएको छ।

दक्षिण एसियामा अफगानिस्तान नवौं स्थानमा छ भने पाकिस्तान १४ औं, बंगलादेश ३६ औं, श्रीलंका ४३ औं, भारत ७० औं, भुटान ७८ औं स्थानमा रहेको र दक्षिण एसियामा सबैभन्दा पुछारमा माल्दिभ्स ९१ औं स्थानमा छ। नाजुक देशेको सूचीको शीर्ष स्थानमा युद्धग्रस्त अफ्रिकी मुलुक सोमालिया छ। नागरिक दैनिकमा समाचार छ।
 

]]>