देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा हजार पद रिक्त, कार्यकर्ता बेरोजगार

देशान्तर

काठमाडौं । १३ औं महाधिवेशनपछि कांग्रेसमा हजारभन्दा बढी पद रिक्त रहेको पाइएको छ । ठूलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगर्दा कांग्रेसका नेता कार्यकर्ता भने काम नपाएर बेरोजगार बन्न पुगेका छन् । महाधिवेशनबाट पारित पार्टी विधानअनुसार निर्वाचित सभापतिले कांग्रेसको महाधिवेशन सकिएको दुई महिनाभित्रै सबै निकाय र तहमा मनोनयान पूरा गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, सभापति देउवाले केन्द्रीय समिति र विभाग प्रमुख पनि किस्ताबन्दीमा गरिरहेका कारण अझै लामो समय कार्यकर्ता बेरोजगार नै बन्नुपर्ने देखिएको छ ।  किस्ताबन्दी मनोनयन पनि निकै कम पदमा मात्रै भएको छ ।


सभापति देउवाले ४२ वटा विभागमा मनोनयान गर्न बाँकी छ । एउटा विभागलाई पूर्णता दिँदा मात्रै पनि २१ जना नेताले काम पाउँछन् । विभागमा पूर्णता नहुँदा कांग्रेसका ८ सय ८२ कार्यकर्ता बेरोजगार भएका छन् । ज्येष्ठ राजनीतज्ञ सभा, संसदीय बोर्ड, अनुशासन समिति लगायतमा पनि मनोनयन गर्न बाँकी नै छ । आजको राजधानी दैनिकमा समाचार छ ।

]]>