देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयल निगम ट्रेड युनियनमा लोकतन्त्रवादीको जित

देशान्तर

काठमाडौं । नेपाल आयल निगममा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ३६ वर्षदेखिको एमाले समर्थित नेपाल आयल निगम कर्मचारी संघको एकछत्र अधिपत्य तोड्दै लोकतन्त्रवादी नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले विजय हासिल गरेको छ । 

यही वैशाख १४ गते सम्पन्न निर्वाचनमा एक सय ९४ मत प्राप्त गर्दै प्रजातन्त्रवादी कर्मचारी युनियनले आधिकारिक ट्रेड युनियनको रूपमा मान्यता प्राप्त गरेको हो । यसअघि ३६ वर्षदेखि निरन्तर रूपमा नेकपा एमाले समर्थित कर्मचारी संघले आधिकरिक संघको मान्यता प्राप्त गर्दै आइरहेको थियो । 

२०६४ सालभन्दा अगाडि एकलौटीरूपमा संगठनको रूपमा रहेको एमाले समर्थित कर्मचारी संघमात्र रहेको थियो । २०६४ मा माओवादी समर्थित नेपाल आयल निगम कर्मचारी संगठन दर्ता भएको थियो । २०७० सालमा मात्र दर्ता भएको नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले यसपालिको निर्वाचनमा आधिकारिक ट्रेड युनियनको मान्यता पाउन सफल भएको छ । 

आधिकारी ट्रेड युनियनको रूपमा निर्वाचित भएपछि स्वतन्त्र कर्मचारी संघले व्यवस्थापनस“ग सामूहिक बार्गेनिङ गर्ने तथा बोर्ड सदस्यको रूपमा उपस्थिति जनाउन पाउने भएको छ । आयल निगमभित्रका कुनै पनि कर्मचारीसम्बन्धी मुद्दामा व्यवस्थापनस“ग वार्ता गर्दा आधिकारिक ट्रेड युनियनले मात्र सहभागिता जनाउन पाउने व्यवस्था रहेको छ । 

 

]]>