देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीमा जुट्ने र फुट्ने एकैसाथ हुने

देशान्तर

काठमाडौं । कहीँ नभएको जात्रा हाँँडीगाउँमा मात्रै होइन नेपालका कम्युनिस्ट पार्टीमा पनि बेलाबेलामा देख्न पाइन्छ । माओवादीमा एकै पटक फुट्ने र जुट्ने घटना हुन थालेको छ । वैद्य माओवादीका महासचिव रामबहादुर थापाले पार्टी फुटाएर पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीसँग एकता प्रक्रिया अगाडि बढाउन थालेपछि माओवादीमा जुट र फुट एकैसाथ हुन लागेको हो ।

शुक्रबार बसेको एकीकृत माओवादीको स्थायी समिति बैठकले एउटा फुट र एउटा जुटका लागि बाटो खोल्ने निर्णय लिएको छ । यसअघि दाहालले सबै माओवादी धाराहरूबीचको एकतामा जोड दिँदै आएका थिए । तर, शुक्रबार बसेको स्थायी समिति बैठकले मोहन वैद्य नेतृत्वको सिंगो नेकपा क्रान्तिकारी माओवादीसँग एकताको सम्भावना नदेखेपछि महासचिव रामबहादुर थापा बादलसँग मात्र भए पनि एकता गर्ने निष्कर्ष निकालेको छ ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा एमाओवादीसँग एकता गर्ने विषयमा फरक–फरक मत थिए । वैद्यले एकताका लागि बाटो रोकेको भन्दै बादल पक्षले एमाओवादीसँग एकताको कोर्स अगाडि बढाएको छ । यस्तो अवस्थामा बादल समूहले केही कदम चाल्दाबित्तिकै वैद्य माओवादी विभाजनको सिकार हुनेछ । यो स“गै माओवादीको एउटा फुट हुने देखिएको छ । वैद्यसँग सम्बन्धविच्छेद गरेपछि बादल समूहले भिन्दै पार्टी संरचना बनाउने नभई यो समूह र एकीकृत माओवादीबीच महाधिवेशन आयोजक समिति बन्नेछ । यसले माओवादी आन्दोलनभित्र एउटा एकता हुनेछ । वैद्यले पार्टी एकताको ढोका बन्द गरेको निश्कर्षसहित बादलले आफ्नो नेतृत्वमा एकताको कोर्स अगाडि बढाएका हुन् ।

यसअघि वैद्यले जनवादी क्रान्ति छाड्ने र प्रतिक्रियावादी संविधान स्वीकार गर्ने गरी आफू एकतामा जान नसक्ने स्पष्ट पारेका थिए । गत चैत्र १२ देखि २२ गतेसम्म चलेको वैद्य माओवादीको केन्द्रीय समितिको बैठकमा एकताका विषयमा फरक–फरक मत आएका थिए । एकताको पक्षमा मत बलियो देखिएपछि वैद्यले एक महिनाका लागि बैठक स्थगित गरेका थिए । राजनीतिक–वैचारिक कुरा नटुंग्याई एकता गर्न नसकिने वैद्यको मत छ ।

एकतापछि रामबहादुर थापालाई तेस्रो वरीयातामा रहने गरी उपाध्यक्ष पद दिने सहमति भएको बताइएको छ । तर मोहन वैद्यलाई भने उचितसम्म दिन दाहालले अस्वीकार गरेपछि एकता रोकिएको बताइएको छ । यो सँगै एमाओवादीमा पनि नारायणकाजी असन्तुष्ट हुने देखिएको छ । उता रामबहादुर थापा अलग भएपछि फेरि वैद्य माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका बीचमा एकता हुने सम्भावना रहेको बताइएको छ । 

कुनै समय बन्दुकको नालबाट देशको मुहार परिवर्तन गर्ने नारा बोक्दै युद्धमा होमिएको तत्कालीन माओवादी अहिले टुक्राटुक्रामा विभाजित भएको छ । त्यसैले प्रत्येक पार्टीहरूलाई आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेको छ । 

 

]]>