देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फोरम लोकतान्त्रीकको महाधिवेशन आजबाट बिराटनगरमा

देशान्तर

विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशन आजबाट बिराटनगरमा सुुरु  हुँदैछ ।तीन दिनसम्म विराटनगरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनले कार्यक्रममा भोलिको बन्दसत्रमा विधान पारित हुने र पार्टीको नाम परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रथम महाधिवेशनमा मुलुकको हिमाल, पहाड र तराईका समेत गरी दुई हजार ५०० प्रतिनिधि र ५०० पर्यवेक्षकको सहभागिता रहने जानकारी अध्यक्ष विजय गच्छदारले दिएका छन् । विराटनगरको सहिद रङ्गशालामा मध्याह्नदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाका साथै विभिन्न राजनीतिक पार्टीका नेता सहभागी हुने बताइएको छ ।

भारतबाट भारतीय राष्ट्रिय काँग्रेस, भारतीय जनता पार्टी, जनता दल ९युनाइटेड० बहुजन समाजवादी पार्टी, झारखण्ड पार्टीका वरिष्ठ नेता पनि सहभागी हुने निश्चित भइसकेको फोरम लोकतान्त्रीकले जनाएको छ । पार्टीले समावेशी सिद्धान्त स्वीकार गरेको भन्दै अध्यक्ष गच्छदारले महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितता हुने र पहाडी समुदायका लागि विशेष व्यवस्था गरिने जानकारी गराए । महाधिवेशनमा आउने पाहुनाका साथै पार्टी प्रतिनिधिको आवास, भोजन, यातायातलगायतका व्यवस्था पूरा भइसकेको र व्यापकरुपमा स्वयम्सेवक परिचालनसमेत हुने जानकारी गराइएको छ । 

]]>