देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायाधीशमा कार्की पुनः सिफारिस

देशान्तर

काठमाडौँ। संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकको सो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए ।  

परिषद्को यसअघिको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण वैधानिकता प्राप्त गरेको थिएन । 

दुईपटक सिफारिसको निर्णय गर्नुपरेको हो भन्ने प्रश्नमा मन्त्री खरेलले भने, “परिषद्को आजको निर्णय नै अन्तिम निर्णय हो ।” यसअघि चैत २८ गते संवैधानिक परिषद्को बैठक बसेको थियो ।

]]>