देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डोल्पामा यार्सागुम्बा सङ्कलनको मौसम सुरु

देशान्तर

त्रिपुराकोट । जिल्लाको हिमाली भेगमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ । 

वैशाख पहिलो साताबाट नै यहाँका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ उक्लने गरेका छन् । सङ्कलनका लागि अन्य जिल्लाबाट समेत सर्वसाधारण डोल्पा आउन थालेका छन् । तर गत वर्ष जस्तो सङ्कलकको हिमाली भेगमा उपस्थिति देखिएको छैन । 

गत वर्ष सङ्कलन गरिएको यार्सागुम्बा बिक्री नभएका कारण यस वर्ष सर्वसधारण खासै उत्साहित छैनन् । अघिल्ला वर्षहरुमा खचाखच भरिने हिमाली फाँट यस वर्ष सुनसान रहेका सङ्कलक रुपबहादुर खत्रीले बताए । गत वर्ष सङ्कलन गरेको यार्सागुम्बा बिक्री नभएकाले अहिले पनि बिक्री हँुदैन कि भन्ने उनको चिन्ता रहेको छ ।  

गत वर्ष सङ्कलन गरेको करिब २०० यार्सागुम्बा चीन लगेर समेत बिक्री नभएको सङ्कलक हंशबहादुर कठायतको भनाइ छ । जिल्लाका विभिन्न ठाउँका बजारहरु सुनसान छन् । बर्सेनि न्यून मात्रामा यार्सागुम्बा पाउन थालेपछि सङ्कलन गर्न जानेको सङ्ख्या घटदै गएको बताइएको छ । वैशाख अन्तिम सातादेखि असार मसान्तसम्म जिल्लामा यार्सागुम्बा सङ्कलन गरिन्छ । 

]]>