देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तत्काल सरकारको विकल्प खोज्नुपर्ने काँग्रेस सांसदको माग

देशान्तर

काठमाडौं । अनौपचारिकरुपमा सरकार परिवर्तनको बहस उठिरहेको समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र तत्काल सरकारको विकल्प खोज्नुपर्ने दवाब बढेको छ।

मधेश समस्याको समाधान, संविधानको कार्यान्वयन र भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको कामलाई तिब्रता दिन भन्दै काँग्रेसमा सरकारको विकल्प खोज्नुपर्ने दवाब बढेको हो।

काँग्रेसको संसदीय दलको सोमबार संसद् भवनमा बसेको बैठकमा अधिकांश सदस्यहरुले अहिलेको सरकारलाई अब निरन्तरता दिइरहन नहुने बताए। उनीहरुले सबैभन्दा ठूलो दलको नाताले कि त काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने नभए अरुको नेतृत्वमा सरकार गठनका लागि छलफल चलाउनुपर्ने धारणा राखेका छन्।
मधेश समस्याको मामिलामा एमालेको नेतृत्व अनुदार भएकाले सके आफ्नै नेतृत्वमा तथा नभए एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि पार्टी तयार हुनुपर्ने काँग्रेसका सांसद्हरुको भनाइ छ।

अधिकांश सांसद्हरुले अहिलेको सरकारलाई निरन्तरता दिए मधेश समस्या थाँती रहने र संविधानको कार्यान्वयन पनि अलपत्र पर्ने भन्दै सबैभन्दा ठूलो दलका नाताले त्यसको अपजस काँग्रेसले पनि लिनुपर्ने भएकाले तत्काल सरकारको विकल्प खोज्नुपर्ने धारणा राखेको नेताहरुले जानकारी दिएका छन् । 

]]>