देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय एकता र सहकार्य आवश्यकः दाहाल

देशान्तर

विराटनगर। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति, एकता र सहकार्य आजको आवश्यकता भएको बताएका छन् ।  

विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले असन्तुष्ट पक्षहरुका मागलाई सम्बोधन गर्न र मुलुकका चुनौतीहरुको सामना गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको स्पष्ट पारे ।  

पत्रकारको जिज्ञासामा बेलायतको संसद्मा नेपालबारे छलफल हुनुलाई आफूले स्वाभाविक नठानेको पनि उनले बताए ।  नेपालको आन्तरिक मामिलाबारे कुनै पनि मुलुकले बोल्नु राम्रो नभएको उनको भनाइ थियो । 

सरकार परिवर्तन गर्ने अहिले कुनै सोचाइ नरहेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयन र पुनःनिर्माणका कामतर्फ सबै दल केन्द्रित हुनुपर्ने बताए ।  

]]>