देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्कबाट बिदेसिने कामदारको सेवासुविधाको मापदण्ड बनाइँदै

देशान्तर

काठमाडौँ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने कामदारका सेवासुविधाका विषयमा न्यूनतम समान मापदण्ड बनाइने भएको छ । 

राजधानीमा आजदेखि सुरु भएको ‘आप्रवाससम्बन्धी सार्क सहकार्यको कार्ययोजना’ विषयक कार्यशालामा सहभागी सार्कमा आबद्ध आठवटै राष्ट्रका श्रम तथा रोजगार सम्बद्ध मन्त्रालयका उच्च अधिकारीहरुले सो मापदण्ड बनाउन लागेका हुन् ।

भेलाले सार्क राष्ट्रबाट विदेशिने कामदारको न्यूनतम तलब, सेवा, सुविधा, हक अधिकारको न्यूनतम मापदण्ड बनाउन र उनीहरुका समस्या समाधानका लागि साझा रणनीति बनाउने छ । 

कार्यशालामा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, अफगानीस्तान, माल्दिभ्स, श्रीलङ्का र भुटानका श्रम तथा रोजगारसम्बन्धी सरकारी अधिकारीहरुको सहभागिता रहेको छ । 

बुधबार सम्पन्न हुने कार्यशाला एउटै मापदण्ड बनाए गन्तव्य मुलुकसँग सौदाबाजी गर्न सफल हुने तथा कामदारले अहिले पाउँदै आएको सेवा, सुविधामा बढोत्तरी हुने विश्वास लिइएको छ । 

]]>