देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोल गाडेको दशक बित्यो, बत्ती बलेन

देशान्तर

रुकुम । नेपाल विद्युत् प्राधिकरणले रुकुम र सल्यानमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारका लागि ११ वर्षअघि गाडेको पोल र तारको अझै पनि उपयोग हुन सकेको छैन । 

लामो समय बितिसक्दा पनि विद्युत् प्रसारण सुरु नभएपछि खम्बा ढल्न थालेका छन् । 

कतिपय स्थानमा खम्बा भाँचिएका छन् भने कतै तार चुँडिन थालेका छन् । विद्युत् सेवा विस्तारका लागि श्रमदान समेत गरेका स्थानीयवासी भने प्राधिकरणको बेवास्ताका कारण निरास बन्न थालेका छन् । 

सल्यानको शारदा नगरपालिकाबाट श्रीनगर हुँदै रुकुमका गाउँ गाउँमा विस्तार गर्ने भनिएको तार अहिले सडकको छेउ छाउमा बेवारिसे अवस्थामा रहेका छन् । सरोकार भएकाहरु भने माथिल्ला निकायमा जानकारी गराइए पनि सुनुवाइ नभएको भन्दै पन्छिने गरेका छन् । 

सरकारले राप्ती राजमार्गमा यातायात सञ्चालन भएसँगै २०५९ सालमा दुई जिल्लाका १३ गाविस र दुई नगरपालिकामा बिजुलीका पोल गाडेको थियो । 

]]>