देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ । 

सत्तारुढ दुई प्रमुख दलका अध्यक्ष समेत रहेका उनीहरुबीच राष्ट्रिय सहमति निर्माण लगायत विषयमा छलफल भएको बुझिएको छ यद्दपि भेटवार्ताबारे आँैपचारिक जानकारी दिइएको छैन । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुबीच भेटवार्ता भएको तर छलफलका विषयवस्तुबारे जानकारी नभएको बताए ।  

मङ्गलबार साँझ वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र सत्ता साझेदार एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताको बैठक बसेको थियो । 
आज बिहान बसेको माओवादीको स्थायी समितिको बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहाल पार्टीको निर्णय बारे जानकारी दिन बालुवाटार गएको बुझिएको छ । 

 

]]>