देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ सरकार बन्ने, पुरानो सरकार जाने संसद्को सामान्य प्रक्रिया होः झलनाथ खनाल

देशान्तर

काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदिय व्यवस्थामा नयाँ सरकार आउने तथा पुरानो सरकार जनो प्रक्रिया सामन्य भएको बताएका छन् । 

व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्दै खनाले तर सहमती र सहकार्य भने निरन्तर हुनुपर्ने धारणा राख्दै उनले भने,‘मुलुकलाई अगाडि बढाउन तथा ऐतिहासिक दायित्वलाई पूरा गर्न संविधान कार्यान्वन गर्न पनि सबै दलको सार्थक प्रयास हुनुपर्छ,हामीले चाल्ने कदम राष्ट्रिय सहमतितर्फ केन्द्रित हुनुपर्छ ।’

आजको बैठकमा समय लिएर बोल्दै सांसदहरुले भूकम्पपछिको पुनःनिर्माण, मधेसका माग र आगलागी पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।  

उनीहरुले संविधानको कार्यान्वयन, मुुलुकका विद्यमान समस्या समाधानका लागि पनि सबै पक्षको सार्थक पहल हुनुपर्ने धारणा राखेका थिए ।  

]]>