देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ सिलिण्डरको बिक्रीले ग्यास असहज

देशान्तर

पोखरा। ग्यास उद्योगले नाफा कमाउने उद्देश्यले भूमिगत बिक्रेता नियुक्त गरी नयाँ सिलिण्डर बिक्री वितरण गरिरहेका कारण उपभोक्ताले सहज ढङ्गले ग्यास पाउन सकेका छैनन् । 

पुराना वितरक र बिक्रेतालाई ग्यास उपलब्ध नगराइ नयांँ सिलिण्डर डिपोजिट गर्ने बिक्रेतालाई उपलब्ध गराउँदै आएका कारण पुराना वितरक र बिक्रेताको लगानी जोखिममा परेको छ । एलपी ग्यास बिक्रेता सङ्घका जिल्ला अध्यक्ष नारायणप्रसाद पौडेल विभिन्न ग्यास उद्योगले अभावको मौका छोपी कालोबजारीलाई प्रश्रय दिने गरेका बताउछन् ।  

ग्यास बिक्रेता सञ्जीवबहादुर कोइरालाले पुराना बिक्रेताका खाली सिलिण्डर नभरिएसम्म अन्य उपभोक्तालाई ग्यास दिन नहुने बताए ।  अर्का बिक्रेता बालकृष्ण कोइरालाले आपूmले हप्तामा एक हजार २०० भन्दा बढी सिलिण्डर बिक्री गर्दै आएकोमा हाल उद्योगले १५० भन्दा बढी सिलिण्डर नपाएको धारणा राखे । 

नेपाल आयल निगमले कास्कीमा स्थापित दुई उद्योगलाई गण्डकी र धवलागिरी अञ्चलका लागि ४५० देखि ५०० मेट्रिक टन ग्यास उपलब्ध गराउँदै आएको र यो अपुग भएपछि अरु ठाउँका उद्योगले आफ्ना ग्यासका सिलिण्डर बिक्री गर्दै आएका छन् । कास्कीमा एक लाख २० हजार सिलिण्डरको माग रहेको र जिल्लाका ६५ वटा बिक्रेतामार्पmत ग्यास बिक्री हुने गरेको बताइएको छ । 

]]>