देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा सरकारको विकल्पकाबारेमा छलफल

देशान्तर

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा वर्तमान सरकारको विकल्प खोज्ने वा नखोज्ने भन्नेमा प्रमुख दलका सांसद्हरु विभाजित देखिएका छन् ।  

नेपाली काँग्रेस र एकीकृत(नेकपा)माओवादीका सांसद्ले विकल्प खोज्नुपर्नेमा जोड दिए  भने नेकपा (एमाले) र राप्रपा नेपाललगायत दल कमिकमजोरी सुधारेर सरकारको निरन्तरता दिनुपर्ने पक्षमा देखिएका थिए ।  
काँग्रेसका डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीले काम कम गर्ने र गफ छाँट्ने गरेको टिप्पणी गर्दै विधिको शासन खस्कँदै गएको आरोप लगाए ।  

सभामुख ओनसरी घर्तीसँग समय लिई उनले ‘सरकार ओली सरकारभन्दा बोली सरकार’ भएको भन्दै प्रधानमन्त्री जनताको आवश्यताभन्दा सत्ता टिकाउने खेलमा लागेको धारणा राखे ।  

डा महतले भूकम्प पुनःनिर्माणमा दातृ निकायले दिएको आर्थिक सहयोगलाई सरकारले खर्च गर्न नसकेको, आर्थिक समृद्धिमा जनताको पहुँच बढ्न नसकेको चर्चा गर्दै राज्यको संरचनामा पार्टी कार्यकर्ता भर्ती केन्द्र बनाउन नहुने बताए ।  

नेकपा (एमाले)का युवराज ज्ञवालीले नयाँ नीति र कार्यक्रमका साथ सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहँदा सरकारमा साझेदार एक दलले सरकार असफल बनाउन लाग्नु बेठीक कार्य भएको बताए ।  
उनले भूकम्पले थलथल परेको र भारतले नाकाबन्दी गरेको समयमा वर्तमान सरकार गठन भएको हुँदा सरकारले केही गरेन भन्नु आरोपका लागि आरोपमात्र भएकोे दाबी गरे । 

एकीकृत नेकपा (माओवादी) का जनार्दन शर्माले जनताले नयाँ संविधान जारी भएपछि संविधान कार्यान्वयन, राहत, महँगी नियन्त्रण चाहेका थिए तर यसो हुन नसकेको भन्दै वर्तमान सरकारको विकल्पको खोजी भएको बताए ।  उनले आफ्नो पार्टी सत्ता साझेदार दल भएको तर जनताको चाहनामा सिन्का पनि भाँच्न नसकेको भन्दै यसैले सरकारको विकल्पको खोजी गरिएको स्पष्ट पारे ।  

]]>