देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी पछि हट्यो

देशान्तर

काठमाडौँ। हिजोमात्र वर्तमान सरकारबाट बाहिरिएर आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकिकृत नेकपा माओवादीले आफ्नो उक्त निर्णय २४ घण्टाभित्र उल्टाएको छ । 

माओवादीको उक्त यूटर्न सँगै तत्काल सरकार परिवर्तनको सम्भावना पनि टाढा गएको । 

हिजोसम्म माओवादी वर्तमान सरकारबाट बाहिरिएर काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने भन्दै माओवादीले पहलकदमी पनि लगिसकेको पनि थियो । तर त्यो माओवादीको पहलकदमी छोटो समयमा नै स्खलन भएको छ र वर्तमान सरकारलाई नै निरन्तरता दिने पक्षमा माओवादी उभिएको छ ।  

आज विहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा दाहालले तत्काल आफ्नो नेतृत्वमा सरकार गठन गर्न नसकिने बताएका छन् । 

सुचना स्रोतहरुका अनुसार माओवादी एमालेबीच वर्तमान सरकारलाई बजेट प्रस्तुत गरुन्जेल निरन्तरता दिने त्यसपछि दाहालको नेतृत्वमा सरकार बनाउने सहमती भएको बताइएको छ । 

पछिल्लो राजनीतिक विकासक्रममा नेपाली काँग्रेसका नेताहरुले माओवादीले आफूहरुलाई धोका दिएको बताएका छन् । तर माओवादीका नेताहरुले भने पार्टीले संस्थागत निर्णय नगरिसकेकोले धोका नदिएको बताएका छन् । 

 

]]>