देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिंहदरबारमा सहज पहुँच दिन माग

देशान्तर

काठमाडौँ । सिंहदरबारमा आमनागरिकको सहज पहुँचको माग गर्दै ३४२ जना युवाले राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता गराएका छन् । 

स्वाभिमान मञ्च नेपालको अगुवाइमा ललितपुर, सिन्धुपाल्चोक, चितवन, नवलपरासी, सिन्धुली, दोलखा, नुवाकोट, रसुवा, तेह्रथुमलगायत जिल्लाका युवाले अभियान नै सञ्चालन गरी ३४२ युवाको हस्ताक्षरयुक्त निवेदन आयोगमा दर्ता गराएको हो । 

निवेदनमा तत्काल सिंहदरबारमा आमनागरिकलाई सहज पहुँच दिन निर्देशनका लागि सरकारसँग माग गरिएको छ । 

सिंहदरबारमा आमनागरिकको पहुँच नहँुदा आवश्यकताअनुसार आफ्नो सेवादातासँग भेटघाट र सूचना लिने अधिकारबाट वञ्चितमात्र नभई सिंहदरबार प्रवेशकै लागि बिचौलिया, दलाल, राजनीतिक वा निजामती सञ्जालको सहारा, निगाह र गुलामीसमेत गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको निवेदनमा उल्लिखित छ । 

भूकम्पपीडितलाई पुनःस्थापित गर्न बनाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयसमेत सिंहदरबारभित्र स्थापना गरिनुले पीडित झनै मर्कामा परेको निवेदनकर्ताको भनाइ छ । 

निवेदनमा यथाशीघ्र सिंहदरबार प्रवेशमा लगाइएको बन्देज हटाई सिंहदरबारभित्रका सार्वजनिक निकायमा आमनागरिकलाई निर्वाध पहुँचको व्यवस्था गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन जारी गर्न माग गरिएको छ । 

उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई समेत दिइएको छ । 

 

]]>