देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस मुख्यसचिव तिवारीद्वारा राजीनामा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । तिवारीलाई तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाले २०७१ वैशाखमा नियुक्त गरेका थिए । 
नेपाली कांग्रेसमा मुख्यसचिव पार्टी सभापतिले इच्छाएको व्यक्तिलाई बनाउने परम्परा रहेको छ । देउवा सभापतिमा निर्वाचित भएलगत्तै राजिनमा गर्ने मनस्थिती पुगेका तिवारीले देउवाले काम गर्दै गर्नुस भनेकाले मात्र आफूले राजीनामा नदिएको बताए ।

‘सभापतिजीले सभापति निर्वाचित भएपछि मैले उहाँको घरमै गएर तपाईंको सहजताका लागि कहिले राजीनामा गरौं भनेर सोधेको थिएँ’, मुख्य सचिव तिवारीले भने, ‘तर उहाँले किन राजीनामा दिन प¥यो अहिले काम गर्दै गर्नुस् न भनेपछि म काममा फर्किएको हुँ ।’ उनले सभापतिले नचाहेमा मुख्यसचिव बस्नै नसक्ने भन्दै सभापतिले इच्छा व्यक्त गरेकै दिन आफू हट्ने बताएका थिए । 

तिवारीले शनिबार नै सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका छन् । उनले दुई वर्ष मुख्यसचिवको जिम्मेवारी पूरा गरिसकेको र आफू व्यस्त पनि भएकाले शनिबार बिहान सभापति देउवालाई राजीनामा बुझाएको बताए । 

तिवारीले राजिनामा दिएपछि सभापति देउवाले मुख्यसचिवमा स्याङ्जाका कृष्ण पौडेललाई नियुक्ति गर्ने तयारी गरेको बुझिएको छ । पौडेल पेसाले शिक्षक हुन् । अहिले उनी बालाजुमा विष्णुमती स्कुल सञ्चालन गरिरहेका छन् । उनी कांग्रेस निकट शिक्षक संघमा मोहन ज्ञवालीसँग चुनावी प्रतिस्पर्धामा पराजित भएका थिए ।

 

]]>