देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खरिद गर्न नपाएपछि एनसेललाई बदनाम गर्ने षड्यन्त्र ! , टेलियासोनेरालाई किन उन्मुक्ति ?

देशान्तर

काठमाडौं । नेपालमा बर्सेनि सर्वाधिक कर तिर्दै आएको दूर सञ्चार कम्पनी एनसेलको सेयर बिक्रीबापत तिर्नुपर्ने पुँजीगत लाभकरको विषयले राष्ट्रिय मिडियादेखि सामाजिक सञ्जालहरूमा चर्चा पाइरहेको छ । सामाजिक सञ्जालहरूमा एनसेलले सेयर बिक्रीबापत ४० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने, नतिरे एनसेल बहिष्कार गर्नुपर्नेसम्मको अभियान चलाइएको छ । तर त्यस्तो अभियान चलाउनेहरूले पुँजीगत लाभकर तिर्नुपर्ने दायित्व भएको एनसेल सेयर बिक्रेता टेलियासोनेरालाई दबाब दिनुपर्नेमा एनसेललाई दबाब दिनुले उनीहरू कतैबाट सञ्चालित छन् कि भन्ने आशंका पैदा भएको छ । 

पूर्वअर्थमन्त्री डा. रामशरण महत पुँजीगत लाभकर एनसेलले नभई सेयर बिक्रेता स्विडेनको टेलियासोनेराले तिर्नुपर्ने बताउँछन् । लाभकर तिर्नुपर्ने बिक्रेताले भएको उल्लेख गर्दै उनले एनसेलप्रति अहिले गरिएको आलोचना अनुचित भएको टिप्पणी गरेका छन् । महतले शुक्रबार ट्विट गर्दै बिक्रेताबाट पुँजीगत लाभकर उठाउनुपर्ने बताएका छन्  ।

आयकर ऐन २०५८ को दफा ३५ मा बिक्रेताबाट नै पुँजीगत लाभकर उठाउनुपर्छ भन्ने उल्लेख भएकोले टेलियासोनेराले रेनल्ड होल्डिङ्लाई मलेसियन कम्पनी एक्जियटालाई बिक्री गरेकाले टेलियासोनेराले नै कर तिर्नुपर्ने उनको भनाइ छ । आन्तरिक राजस्व विभागले बिक्रेता कम्पनीबाटै कर उठाउनुपर्ने महतले बताए । ‘हाम्रो कानुनले जो बिक्रेता हो, उसैले पुँजीगत लाभकर तिर्नुपर्ने प्रस्ट व्यवस्था गरेको छ । टेलियासोनेराबाट एक्जियटाले रेनल्ड होल्डिङस् खरिद गरेको हो । खरिदकर्ताले पँुजीगत लाभकर तिर्ने हैन, बिक्रेताले हो’, महतको भनाइ छ । 

कानुनमा यस्तो प्रष्ट व्यवस्था हुँदाहँुदै पनि एमाले–एमाओवादी नेतृत्वको वर्तमान सरकारले टेलियासोनेरालाई कर नतिरी उम्कन दिएको भन्दै यस मामिलाका जानकारहरूले चर्को विरोध गरेका छन् । तर, सामाजिक सञ्जालमा एनसेल बहिष्कारको अभियान चलाउनेहरूले सरकारले गरेको यस्तो अनियमितताको विरोध नगरेर सीधै एनसेलमाथि प्रहार गर्नुले त्यस्तो अभियान सुनियोजित रूपमा चलाइएको त हैन भन्ने आशंका पैदा भएको हो । टेलियासोनेराले पटक–पटक आन्तरिक राजस्व विभागलाई ‘हामीले रेनल्ड होल्डिङस् बिक्री गर्दैछौं, त्यसमा तपाईंहरूको देशको कानुनले के भन्छ,’ भनेर सोध्दा कुनै उत्तर नआएको स्रोतले बताएको छ ।

रेनल्ड होल्डिङस् क्रेता एक्जियटाले समेत गत पुस ७ गते आन्तरिक राजस्व विभागसँग पूर्वादेश मागेको थियो । तर, सरकारले कुनै जवाफ नदिएको र बिक्री भएपछि कारोबार के कति छ भनेर फाइल मगाएको थियो । त्यसमा पनि पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गरेको छैन । रेनल्ड होल्डिङको माउ कम्पनी टेलियासोनेरालाई पुँजीगत लाभकर तिराउन सरकार पछि हट्न नहुने महतको राय छ । ‘एनसेल बहिस्कार अभियान चलाउनुहुन्न’, महतले भने, ‘टेलियासोनेरालाई कर तिराउनतर्फ लाग्नुपर्छ ।’ कर नतिर्नुमा एनसेल दोषी नभएको महतको भनाइ छ । टेलियासोनेरा र सरकारको कमजोरीका कारण अहिलेसम्म पुँजीगत लाभकर उठ्न नसकेको महतले जानकारी दिए । एनसेलको २० प्रतिशत स्वामित्व र रेनल्ड होल्डिङको ८० प्रतिशत स्वामित्व बिक्री भएकोमा २० प्रतिशतबाट सरकारले कर लिइसकेको छ । ८० प्रतिशतको पुँजीगत लाभकर टेलियासोनेराले तिर्नुपर्ने महतको भनाइ छ । 

स्रोतका अनुसार एनसेल बहिष्कार अभियानमा एनसेलको सेयर खरिद गर्न चाहेर पनि नपाएका नेपालका केही नवधनाढ्यहरूको हात रहेको छ । उनीहरू आफूले एनसेलको सेयर खरिद गर्न नपाएको रिस एनसेललाई बदनाम गरेर ब्रान्डलाई जनमानसमा बदनाम गराउने उद्देश्यले सुनियोजित रूपमा अभियान चलाउन लागिपरेका छन् । त्यसैले उनीहरू कर तिनुपर्ने दायित्व भएको टेलियासोनेराको नाम नलिएर एकोहोरो रूपमा एनसेलको मात्रै नाम लिँदै नेपालमा स्थापित भइसकेको ब्रान्डलाई ध्वस्त पार्ने डिजाइनमा लागेको स्रोतले बतायो । 

स्रोतका अनुसार यही प्रपञ्चलाई बुझेर एनसेलले आफ्नो दायित्व नभए पनि कर दाखिलाका लागि सरकारसँग नेगोसिएसनको प्रक्रिया अघि बढाएको छ । आज आइतबारसम्ममा एनसेलको नयाँ व्यवस्थापनले करका बारे सरकारसँग नेगोसिएसन गरिसक्ने स्रोतले बतायो । पँुजीगत लाभकरको दायित्व किन्ने कम्पनीमा नरहेर बेच्ने कम्पनीमा भए पनि एनसेलले कर तिर्ने स्रोतले बतायो । स्रोतका अनुसार परल मूल्य र बिक्री मूल्यको बीचको फरक रकममा १५ प्रतिशत कर तिर्न एनसेल राजि भएको स्रोतले बतायो । 

 

 

]]>