देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वाधारबिनै घरघरमा रोजगारी कार्यक्रम

देशान्तर

काठमाडौं । सरकारले आइतबार घोषणा गरेको आर्थिक वर्ष २०७३/७४ नीति कार्यक्रम सुनेपछि काठमाडौं सुन्धाराका प्रेमलाल कायस्थ निकैबेर अलमलमा परे । कारण नीति तथा कार्यक्रमको पाठ गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ नबुझेर होइन ।

‘सरकारले एक घर एक रोजगार कार्यक्रम सुरु गर्ने घोषणा सुन्दा अलमलामा परेको हुँ,’ ३० वर्षीय कायस्थले भने ‘भाषणमा बेरोजगारलाई रोजगारी दिने कुरा सुन्दा खुसी हुनुपर्ने हो । तर मलाई यसमा विश्वास छैन ।’

प्रत्येक परिवालका एक सदस्यालार्य रोजगारी दिने कार्यक्रम घोषणा गरेको सरकारको तयारी देखेर धेरैले आर्थिक वर्ष ०७३/०७४को नीति तथा कार्यक्रमलाई विश्वास नगरेका हुन् । युवालाई रोजगारी भाषणले मात्र सम्भव नहुने नीति तथा बजेटप्रति प्रतिक्रिया दिनेहरुको छ । उनीहरु सरकाले कुनै पूर्वाधार नवनाई घरघरमा रोजगारी कार्यक्रम ल्याएको बताउँछन् । आजको नागरिक देनिकमा समाचार छ ।

]]>