काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइराला आफ्नो अमेरिकाको नीजि भ्रमण सकेर सोमबार शिकागोबाट नेपाल फर्कदै छन् । महामन्त्री कोइरालाले अमेरिकामा रहदा नेपाली जनसम्पर्क समितिमा देखिएको विवाद समाधान गरेका छन् । जसकारण कोइरालाको भ्रमणलाई अर्थपूर्ण भएको छ । महामन्त्री निर्वाचित भएपछि पहिलो अमेरिका भ्रमण गरेका कोइरालाले जन सम्पर्क समितिको विवाद मिलाएपछि अमेरिका भर नै कांग्रेस कार्यकर्ताहरुमा उत्साह जागेको छ ।
कोइरालाले नेपाली जनसम्पर्क समितिले न्यूयोर्क, भजिर्निया, डालस, साउदेन क्यालिफोर्निया, नर्दन क्यालिफोर्निया र शिकागोमा गरेका कार्यक्रमलाई सम्बोधन गरेका थिए । समान्य भन्दा अलिक बडी नै कांग्रेसका कार्यक्रताहरूको जमघट कोइराला सहभागि कार्यक्रममा देखियो । न्युयोर्कको २ दिने बसाई र कार्यक्रमपछि अमेरीकाबाट महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला सहित कोइराला भर्जिनिया हँुदै नायग्रा फल्सको अवलोकन गर्न निस्किए ।
यस्तै, महासमिति सदस्य हरिबोल भण्डारीसहित क्यालिफोर्निया हुँदै शिकागो पुगेका कोइराला फर्किन लागेका छन् । अमेरिकामा सबै जसो कार्यक्रमा वीपी पुत्रलाई भेट्ने र तस्विर खिचाउनेको तछाड मछाड नै रहयो । महामन्त्री कोइरालाले आफु विगतको व्यक्ति भएको र भविष्य बोकेर अगाडी बडेकोले सच्चा कांग्रेस बनेर सहयोग गर्न समेत अनुरोध गरे । भ्रमण क्रममको अन्तिम कार्यक्रम शिकागोमा भयो । सो कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेस नेपालको सबै समस्या हल गरेरे नेतृत्व गर्न सक्षम रहेको बताए ।
उक्त कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेस मुलुकका सवै समस्या हल गरेर नेतृत्वदायि भुमिका निर्वाह गर्न सक्षम रहेको बताएका थिए । शिकागो च्याप्टरका सभापति भोजराज घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रमा ऋिष गैरेले स्वागत गरेका थिए भने डा यादब पण्डित महासमिति सदस्य बिष्णु सुबेदीले आफ्नो मन्तव्य राखेको कार्यक्रम लाल काफ्ले संचालन गरेका थिए ।
]]>
प्रतिक्रिया