देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैद्य माओवादी विभाजनतर्फ, बादल समूहको समानान्तर बैठक

देशान्तर

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुट्ने पक्कापक्की भएको छ।

वैद्यले चैत २७ गते एक महिनाका लागि भन्दै स्थगित गरेको केन्द्रीय समिति बैठक फेरि अर्को एक महिना पन्छाएपछि महासचिव रामबहादुर थापा बादलको समूहले मंगलबार बुद्धनगरस्थित नेवाः राज्य समिति कार्यालयमा समानान्तर केन्द्रीय समिति बैठक गर्न लागेको छ।  

स्रोतका अनुसार सोही केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको एमाओवादीसँग् एकताको निर्णय लिनेछ।

वैद्य माओवादीको पछिल्लो बैठकको मूख्य एजेन्डा नै एमाओवादीसँग एकता थियो। कान्तिपुर दैनिकमा समाचार छ।

]]>