देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हचुवामा बाँडियो किसान परिचयपत्र

देशान्तर

काठमाडौं । किसान परिचयपत्र हचुवामा वितरण गरिएको छ । किसान र गैरकिसान वर्गीकरण गरेर परिचयपत्र वितरण गर्नुपर्नेमा परिचयपत्र प्राप्त गर्नेमा अधिकांश पहुँचवाला र ठूलो परिमाणमा जग्गाजमिन भएका परेका छन् । कृषि विकास मन्त्रालयले गत आर्थिक वर्षदेखि सुरु गरेको किसान परिचयपत्र वर्गीकरणविना नै वितरण गरिएको छ ।

मन्त्रालयले गत आर्थिक वर्षमा पाँच विकास केन्द्रका एकएक गरी पाँच जिल्लामा परिचयपत्र वितरण गर्ने योजना बढाएको थियो । जसअनुसार बाँके, बागलुङ, बारा, डडेल्धुराका किसानलाई परिचयपत्र वितरण गर्ने योजना थियो ।  धनकुटा र डडेल्धुराका किसानलाई परिचयपत्र वितरण गर्ने योजना थियो । पाँच जिल्लाका ५१ हजार नौ सय ८५ किसानलाई सरकारी सेवासुविधा प्रभावकारी रुपमा उपलव्ध गराउन परिचयपत्र वितरण गर्ने योजना थियो ।

मन्त्रालयले परिचयपत्रमार्फत खाद्य सुरक्षा कायम राख्न मल, कृषि उपकरण, बैंक ऋण, बीउ, पशु तथा दूधजन्यलगायतका क्षेत्रगत विषयमा अनुदान तथा सेवासुविधा उपलव्ध गराउने दाबी गरेको थियो ।आजको अन्नपूर्णमा समाचार छ ।

]]>