देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमाणपत्र राखेर बैंकऋण दिन नमिल्ने बैंकरहरुको भनाइ

देशान्तर

काठमाडौं । सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लिखित शैक्षिक प्रमाणपत्र राखेर ऋण दिइने कार्यक्रम सुन्दा लोकप्रिय लागेपनि कानुनी र प्राविधिक रुपमा सम्भव नहुने सरोकार पक्षले औँल्याएका छन् । सरकारको नयाँ कार्यक्रमबारे टिप्पणी गर्दै बैंकरहरुले त्यसरी ऋण उपलब्ध गराउन नसकिने प्रस्ट पारेका छन् ।

प्रमाणपत्रका आधारमा ऋण लगानी गर्न कानुनी आधारै नरहेकाले असुलउपरको जिम्मा जमानत सरकार आफैँले लिएमात्र यो कार्यक्रम सम्भव हुने उनीहरुको भनाइ छ । ‘वर्तमान अवस्थामा बैँकले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सक्ने अवस्था छैन,’ नेपाल बैँकर्स संघका उपाध्यक्ष अनिल साहले भने । बैंकरका अनुसार यसरी ऋण झिक्न सरकार नै जमानी बस्नुपर्छ ।

नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक भाष्करमणि ज्ञवालीले सरकार नै ग्यारेन्टी नबस्दासम्म बैंकले ऋण दिन नसक्ने बताए । उनले बैंकले असुल्न नसक्दा सरकारले नै असुल गर्न सक्नुपर्छ । अहिलेकै अवस्थामा त्यसरी ऋण दिन सकिने कानुनी आधारसमेत नरहेको उनीहरुको जिकिर छ । आजको नागरिक दैनिकमा समाचार छ ।

]]>