देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिरासतमा राखेर प्रहरीद्वारा यातना

देशान्तर

काठमाडौं । पश्चिम सुर्खेतको गुटु चौकीका प्रहरीले दुई किशोरलाई हिरासतमा राखेर निर्घात कुटपिट गरेका छन् । प्रहरीले जुत्ताको माला लगाएर उनीहरूलाई बजारसमेत घुमाएको आरोप अभिभावकको छ । गुटु–८ का १५ वर्षीय प्रवेश सुनार र १९ वर्षीय कृष्ण थापालाई हिरासतमा राखेर प्रहरीले कुटपिट गरेको हो ।

सइ देवबहादुर विकको निर्देशनमा हवल्दार अमर चन्द र जवान प्रदीप खड्काले उनीहरूमाथि यातना दिएको अभिभावकले बताएका छन् । जुत्ताको माला लगाई गुटु बजार घुमाएर प्रहरीले सार्वजनिक बेइज्जतीसमेत गरेको अभिभावकको आरोप छ ।

स्थानीय मंगल जोशी र दीपेन्द्र रोकायबीच भएको झगडा छुट्याउन गएको, तर रोकायले कुटपिट गरेको उजुरी दिएपछि प्रहरीले आफूहरूलाई पक्राउ गरेर चरम यातना दिएको प्रवेश र कृष्णले बताए । आफूहरूलाई लात्ती र लाठीले हानेर चरम यातना दिइएको उनीहरूको भनाइ छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>