देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानपावर व्यवसायीलाई रोजगारदाता मुलुकमा राजदूत सिफारिस

देशान्तर

काठमाडौं । सरकारले नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउने व्यक्तिलाई रोजगारदाता मुलुक ओमनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरेको छ । दुबईलाई बेस बनाएर खाडी तथा मलेसियाका कम्पनीलाई कामदार पठाउने कार्यमा क्रियाशील सर्मिला पराजुलीलाई मन्त्रिपरिषद्को बैठकले ओमनको राजदूतमा सिफारिस गरेको हो । उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनधिकार फोरम लोकतान्त्रिकको कोटामा उनी राजदूत सिफारिसमा परेकी हुन् । सन् २०१४ सेप्टेम्बरदेखि ओमनमा नेपाली दूतावास खुलेको थियो ।

संसदीय सुनुवाइपछि उनी ओमनका लागि नेपाली पहिलो राजदूत हुनेछिन् । उनको परिवारै म्यानपावरको क्षेत्रमा क्रियाशील छ । उनी दुबईमा रहेको बीएसडी ह्युमन रिसोर्स सोलुसन, रोयल डाइमन्ड रिक्रुटमेन्ट, एलएलसी र नेपालमा रहेको म्यानपावर फ्लोरिड ह्युमन रिसोर्स सोलुसनका निर्देशक भएको बंगलादेशमा रहेको ग्रिनल्यान्ड ओभरसिज÷ट्रेनिङ सेन्टरको वेबसाइटमा उल्लेख छ । पराजुली त्यस ओभरसिजका ओभरसिज डाइरेक्टर हुन् ।

पूर्वराजदूत सूर्यनाथ मिश्रले म्यानपावरका डाइरेक्टरलाई राजदूत बनाउने कार्य गलत भएको बताए । ‘खाडीमा जति नेपालीको दयनीय स्थिति छ, त्यो सबै म्यानपावरवालाहरूको बदमासीले हो,’ चार वर्ष कतारमा सफल कार्यकाल पूरा गरेर फर्केका मिश्रले भने, ‘म्यानपावरवालाहरू कामदारको हितभन्दा व्यवसायको उत्थानमा लाग्ने कार्य स्वाभाविक छ । यो त माछोको रेखदेख गर्न बकुलोलाई जिम्मा दिएजस्तै हो ।’

बीएसडीले खाडीका विभिन्न कम्पनीलाई स्रोत देशबाट कामदार आपूर्ति गरेर दिने काम गर्छ । कान्तिपुरमा समाचार छ । 

]]>