देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धादिङ केन्द्रबिन्दु भएको ४.४ रेक्टरको भूकम्प

देशान्तर

काठमाडौं । शक्तिशाली भूकम्प गएको एक वर्ष वितिसक्दा पनि भूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन । आज बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङलाई  केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

६ दिन अघि धादिङ र गोर्खा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । गत वर्ष वैशाख १२ र २९ मा शक्तिशाली भूकम्प  गएको थियो ।

गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४५३ पटक परकम्प गइसकेको छ ।

]]>