देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर छलीको आरोप लगाइएको कम्पनीबाटै राज्यकोषमा १२९ अर्बको योगदान

देशान्तर

२०१६ को बाँकी अवधिमै थप १२ अर्ब लगानी गर्ने घोषणा

काठमाडौं । यतिबेला सेयर विक्री गरेवापत पुँजिगत लाभकर नतिरेको भन्दै एनसेलमाथि चौतर्फी प्रहार भइरहेको छ । कर उठाउने नियत भन्दा एनसेल ब्रान्डलाई बदनाम गराउने ‘ग्रान्ड डिजाइन’ अन्तर्गत एनसेलमाथि प्रहार गर्ने काम भइरहेको प्रतित हुन्छ । टेलियासोनेरा नामक स्वीडेनको एक कम्पनीले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियाको एक्जिटियालाई विक्री गरेको हो । त्यसैले करको विश्वव्यापी मान्यता अनुरुप लाभकर तिर्ने दायित्व टेलियासोनेराको हो ।

यही मौका छोपेर लाभकर नतिरेको भन्दै एनसेलको 'ब्रान्ड इमेज’ ध्वस्त पार्नेगरी षड्यन्त्र भएपछि उसले कर आफ्नो दायित्व नभएपनि विक्री भएवापत कर कट्टाको १५ प्रतिशत रकम लाभकरको रुपमा नेपाल सरकारलाई बुझाइसकेको छ । आन्तरिक राजस्व विभागको ठूला करदाता कार्यालयले औपचारिक विज्ञप्ती जारी गरेरै एनसेलले पुँजिगत लाभकर वापत ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार रुपैया दाखिला गरिसकेको जानकारी दिइसकेको छ ।

त्यति हुँदा हुँदै पनि केही स्वनामधन्य देशभक्त पूर्व प्रशासक लगायतले वैदेशिक लगानीलाई नै हतोत्साही पार्नेगरी एनसेलविरुद्ध अभिव्यक्ति दिनुले उनीहरुको नियतमाथि आशंका पैदा भएको छ ।

यसैबीच एनसेलले नेपाल सरकारलाई विविध शुल्क, रोयल्टि र कर अन्र्तगत अहिले सम्म झण्डै रु १२९ अर्ब योगदान गरेको जनाएको छ । मंगलबार एक विज्ञप्तीमार्फत एनसेलले त्यस्तो जानकारी दिएको हो । दीर्घकालिन तथा प्रतिबद्ध लगानीकर्ता भएकोले कम्पनीले आउँदा वर्षमा पनि देशको सबैभन्दा ठूलो करदाताको रुपमा आफ्नो अग्रणि स्थान कायम राख्ने लक्ष्य पनि लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“बैशाख २२ गते सम्ममा, एनसेलले सरकारलाई कर, रोयल्टि तथा विभिन्न राजश्व शिर्षक अन्र्तगत रु १२८.६३ अर्ब योगदान गरेको छ । राज्यको ढुकुटीमा एनसेलले गरेको उल्लेखनिय योगदानले मलाई हौसला प्रदान गरेको छ । यो योगदानले सरकारलाई सडक, शैक्षिक तथा स्वास्थ सेवा सम्बन्धि पुर्वाधार विकास जस्ता महत्वपूर्ण क्षेत्र, जसले नेपाली जनतालाई निरन्तर लाभ प्रदान गर्नेछन् मा लगानी गर्न सघाएको छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले विज्ञप्तीमार्फत भनेका छन् ।

एनसेल नेपालको सबभन्दा ठूलो करदाता हो र आर्थिक वर्ष २०६९/७० र २०७०/७१ का लागि कम्पनीले सरकारबाट उत्कृष्ट करदाताको सम्मान पनि पाएको छ ।

“आर्थिक वर्ष २०७१/७२ मा पनि हामीले सरकारलाई २८ अर्ब ६० करोड भन्दा बढी राजश्व तथा  शुल्क बुझाएका छौं,” पर्किन्स्ले भने । “हामी यो ट्रेन्डलाई जारी गर्दै देशकै ठूलो करदाताको रुपमा आफ्नो अग्रता कायम राख्न चाहन्छौं ।”

यो अग्रतालाई कायम राख्न र कम्पनीलाई थप उचार्इंमा पु¥याउन एनसेलले २०१६ को बाँकी अवधिमा करिब रु १२ अर्ब (अमेरिकी डलर १२ करोड) लगानी गर्ने घोषणा गरिसकेको छ । यो लगानी सेवा नपुगेका ग्रामिण र दुर्गम स्थानमा थ्रिजी सेवा विस्तार गर्न तथा सेवा पुगेका ठाँउमा गुणस्तरमा थप सुधार गर्नमा केन्द्रित रहने छ ।

हाल एनसेलको नेटवर्क कभरेजले जनसंख्याको करिब ९२ प्रतिशतलाई समेटेको छ र कम्पनीले १ करोड ३० लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्ला वर्षमा एनसेलले तिब्र रुपमा थ्रिजी सेवाको विस्तार गरिरहेको छ । कम्पनीले फोरजी सेवा सञ्चालनका निमित्त नेपाल दूरसंचार प्राधिकरणसँग अनुमतिका लागि अनुरोध गरेको छ ।

कम्पनीले गरेको राजश्व योगदानमा थप प्रकाश पार्दै पर्किन्सले भने, एनसेलले यही वैशाख २२, २०७३ सम्म सरकारलाई अग्रिम कर वापत रु ३० अर्ब ६९ करोड, मूल्य अभिवृद्घि कर वापत रु ३९ अर्ब ६६ करोड, लाइसेन्स शुल्क अन्तर्गत रु ७ अर्ब भन्दा बढी, रोयल्टि स्वरुप रु ८ अर्ब ९५ करोड लगायतको राजश्व योगदान गरेको छ । साथै कम्पनीले ग्रामिण दुरसंचार विकास कोषमा पनि रु ४ अर्ब २० करोड योगदान पुर्याएको जनाइएको छ ।
 
कम्पनीको लगानी तथा विस्तारसँगै एनसेलले राज्य कोषमा गर्ने योगदान प्रत्येक वर्ष बढिरहेको छ । यसका साथसाथै नेपाली समाजको विभिन्न क्षेत्रमा पनि एनसेलले योगदान पुर्याउँदै आइरहेकोे छ ।

विज्ञप्तीमा भनिएको छ, ‘एनसेल आफ्नो स्वच्छ उत्तरदायी कर्पाेरेट नागरिकको छविलाई निरन्तर कायम राख्दै देश र जनताको हितका लागि काम गर्न प्रतिबद्ध छ । एनसेल नियामक निकाय तथा सरकारसँग सहकार्य गर्दै नेपाली जनताको लाभका लागि आईसिटी क्षेत्रसँग सम्बन्धित राष्ट्रिय लक्ष्यहरु प्राप्त गर्नका लागि काम गर्न कटिबद्ध छ, जसले शिक्षा, स्वास्थ तथा मोवाईल फाईनान्सियल सेवा लगायतका क्षेत्रमा तुरुन्त सकारात्मक योगदान पुर्याउन सक्छ ।’

]]>