देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१० वर्षसम्म नविकरण नगरेका आठ सय उद्योग खारेज

देशान्तर

काठमाडौं । उद्योग दर्ता गरेर १० वर्षसम्म नविकरण नगरी सञ्चालनमा रहेका र सञ्चालन नगरी निस्क्रिय रहेका इलामका आठ सय ३४ वटा घरेलु उद्योग खारेजीमा परेका छन्।

एक लाख रूपैयाँदेखि २० लाखसम्म लगानीमा स्थापना गरिएका निजी घरेलु उद्योग खारेजीमा परेका छन् । घरेलु तथा साना उद्योग विकास समिति इलामका उद्योग अधिकृत नवराज पाठकका अनुसार उद्योग स्थापना गरेर नवीकरण नगरी करिब १० वर्ष निष्किृय बसेका सात सय ५४ वटा घरेलु उद्योग विभाग र ८० वटा उद्योग घरेलु जिल्ला कार्यालयले नै प्रकृया पुर्‍याएर खारेज गरेको हो।

कार्यालयका अनुसार हाते चिया, अलैँची, पशुपालन सिलाइ कटाई, राइस मिल, निर्माण सेवालगायतका उद्योग बढीमात्रामा खारेजीमा परेका हुन्। जिल्लामा हालसम्म दुईल हजार नौ सय २१ वटा घरेलु उद्योग दर्ता भएकोमा दुई हजार ८६ वटा सञ्चालनमा छन्। आजको खबर आजको अन्नपूर्णमा छापिएको छ।

]]>