काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमश ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिदारी गर्दै राज्यले राजकीय सम्मानका साथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च भने अझै भुक्तान गरेको छैन् ।
तत्कालीन सरकारले यी दुवै जनाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने एवं अन्त्येष्टिसहित काजकिरियाबापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेका थिए । दुवै जनाको किरिया खर्च भुक्तानीसम्बन्धी फाइल गृह मन्त्रालय, मन्त्रिपरिषद्, संस्कृति मन्त्रालय लगायत ठाँउमा अड्किँदा भुक्तानीमा ढिलाइ भएको हो ।
पूर्वविशिष्टलाई दिइएको राजकीय सम्मनकै धज्जी उड्ने गरी घाटखर्चसमेत भुक्तन नगरिएको बारे मुख्यसचिव सोमलाल सुवेदीले चाल पाएपछि बल्ल यस सम्बन्धी प्रक्रिया अघि बढाइएको छ ।
तीन महिनाअभि निधन भएका पूर्वप्रधानमन्त्री सुशील कोइरालासहित राजकीय सम्मान पाएका यी तीनै जना पूर्वविशिष्टको अन्त्येष्टि र किरीया खर्चबापत रकम भुक्तानी प्रक्रियाको फाइल बल्ल अघि बढेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया