काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बैठकलाई आज साँझ सम्बोधन गर्ने भएका छन् ।
प्रम ओलीको सो सम्बोधनमा विशेषगरी भूकम्प पुनःनिर्माणका पछिल्ला गतिविधि एवम् मुलुकको राजनीतिक अवस्थाका बारेमा जानकारी आउने बताइएको छ ।
साँझ ५ बजे प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । व्यवस्थापिका–संसद्को बैठकमा यतिखेर सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ र प्रतिपक्षी दलका सांसदले आ–आफ्ना धारणा राखिरहेका छन् ।
]]>
प्रतिक्रिया