देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसदहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसदमा  जवाफ दिने कार्यक्रम रहेको छ । गत आइतबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएसँगै पास गराउने तयारी गरिएको छ ।

बिहीबारको संसद बैठकमा सांसदहरुको बोल्नेक्रम नसकिएका कारण आज १० बजे बस्ने बैठकको सुरुवातमा केही सांसदहरुले नीति तथा कार्यक्रम माथि आफ्नो धारण राख्ने छन् । त्यसपछि प्रधानमन्त्री केपी ओलीले जवाफ दिने कार्यतालिका रहेको छ ।

यसअघि नीति तथा कार्यक्रमको सत्तापक्षले बचाउ र विषक्षीले आलेचना गरेका थिए । विपक्षी नेपाली कांग्रेसल अध्ययन विना दिर्घकालीकन प्रभाव पार्ने खालको कार्यक्रम ल्याएको भन्दै बिरोध जनाएको छ ।

]]>