देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरीभित्रको अन्तद्वन्द्वले तस्करलाई फाइदा

देशान्तर

दीपेन्द्र चौहान
वीरगन्ज । मध्यमाञ्चलामा यतिबेला इमानदार प्रहरी र बेइमान प्रहरीबीच अन्तद्र्वन्द्व चलिरहेको छ । सम्भवत: इतिहासमै यसपटक नेपाल प्रहरीले मध्यक्षेत्र, अञ्चल र पर्सा जिल्लामा इमानदार प्रहरी प्रमुख पठाएको छ । मध्यक्षेत्र प्रहरी कार्यालय मकवानपुरका प्रमुख डीआईजी पशुपति उपाध्याय, अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्का र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठको नाम अहिलेसम्म आर्थिक लेनदेनको मामिलामा नमुछिएको भएता पनि यस क्षेत्रमा हुने अनैतिक कार्य पूर्ण रूपले बन्द भने हुन सकेको छैन ।

कार्यालयका प्रमुखहरू इमानदार भएपछि तस्करी कम भएको छ तर पूर्ण रूपमा नरोकिएको स्वयम् कतिपय प्रहरीको अपरेसनले प्रमाणित गरेको छ । पूर्वबाट तस्करहरूले एकमुष्ट रु. ४५ लाखको सुनौलो अफर मध्यक्षेत्रका डीआईजी पशुपति उपाध्यायसमक्ष लगे पनि उनले इन्कार गरिदिए । यो कुराको भेउ उनी मातहतका एसपी राजेद्र ढकाल, डीएसपी गौतमराज काडेल, इन्सपेक्टर बेणीमाधव पौडेल, सई शोभन राणाजस्ता चल्तापुर्जा अफिसरहरूले पाएपछि उनीहरूले मौका हेरेर तस्करहरूलाई सहयोग पुर्‍याउने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी अधिकृतले बताए ।

बरहथवाको सन्तोष दासको कपडाको लाइन, गौरका तस्कर शम्भु साह र सुनील जयसवालको बाबा ट्रान्सपोर्टको माध्यमबाट कपडा र इलेक्ट्रोनिकस हार्डवेयरको लाइन, साहिँला भन्नेको गोरुको लाइन, कपिल मियाँको गोरुको लाइन, लखिचन्दको चल्लाको लाइन अनवरत रूपले चलिरहेको छ । आफ्नो हाकिमको रेकी गरेर तस्करहरूलाई जानकारी गराएको समयमा मात्र उनीहरूले तस्करीको काम फतेह गर्ने गरेको स्रोतको दाबी छ ।

आफ्नो भान्सामा मीठो मसिनो पाके पछि कस्ले ल्यायो भनि भान्छे लाइ हप्काएर सोध्ने गरेका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काको इमानदारी माथि पनि अहिलेसम्म प्रश्नचिन्ह उठाउने मौका कसैले पाएका छैन्न । गत वैशाख ८ गते एसएसपी खड्काको निर्देशनमा सई राजेश यादवले बाराको मटिअर्वा नाकामा गएर ११ सय क्विन्टल सुपारी बरामद गरे । तस्कर वृजकिशोर साहसँग महिनावारी लिने मटिअर्वा चौकीका असई रञ्जित यादव मोबाइल अफ गरेर त्यतिबेला फरार भएका थिए । एसएसपीको कडा निर्देशन पछि बाराका एसपी नरेन्द्र उप्रेतीसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

यस घटनालाई सूक्ष्म ढंगले नियालिरहेका डीआईजी पशुपति उपाध्यायले मटिअर्वा नाकाका इन्चार्ज रञ्जित यादवलगायत १३ जनालाई मध्यक्षेत्रमा तानेर कारबाही गरे ।

एसपी नरेन्द्र उप्रेतीको घुमुवा प्रहरी हबलदार नागेन्द्र बैठा र प्रहरी जवान दिनेश पासवानको यही सुपारी काण्डमा जागिर गयो । एसपी नरेन्द्र उप्रेतीले नसिहत पाए तर बाराका डीएसपी. विनोद शर्मालाई मध्यक्षेत्रभित्रको सिन्डिकेटले जोगायो । त्यतिमात्र होइन सुपारी समाएर बारा प्रहरी प्रमुखसमेतको निष्ठा माथि प्रश्न चिन्ह लगाएका सई राजेश यादव मध्यक्षेत्रभित्रको सिन्डिकेटको सिकार भए । उनलाई सफाइको कुनै मौका नदिई अचानक मटिअर्वाका असई रञ्जित दासको झुटो बयानको आधारमा बर्खास्त गरियो ।

मध्यक्षेत्रभित्र डीआईजीको रेकी गर्ने र तस्करहरूसँग फाइदा उठाउने गिरोह अहिले सक्रिय छ ।

 

]]>