देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले नेतालाई यौनदुव्र्यवहारको आरोप

देशान्तर

काठमाडौं । खोटाङको सदरमुकाम दिक्तेलस्थित होटेल शुभदिनमा काम गर्दै आएकी महिला र उनकी तीन वर्षीया छोरीलाई कुटपिट तथा यौनदुव्र्यवहार गरेको आरोप होटेल सञ्चालकसमेत रहेका एमालेका जिल्ला नेता दीपनारायण रिजालमाथि लागेको छ । होटेलमा बन्धक बनाएर यौनशोषण गरेको तथा घटना सार्वजनिक भएलगत्तै मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको पाइएपछि दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको अन्तरपार्टी महिला सञ्जालकी सदस्य संगीता राईको डेराबाट राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालयले उद्धार गरेका थियो ।

होटेल सञ्चालक रिजाल एमालेका जिल्ला स्तरीय नेता हुन् । एनजीओकर्मीसमेत रहेका उनी बालसेवाका पूर्वअध्यक्ष हुन् । उनै  दीपनारायण रिजालको दबाबमा पीडितलाई मिलापत्र गर्न बाध्य बनाएको बताइएको छ । रिजालले सहमतिमा नआए पुराना कुरा निकालेर बेइज्जत गर्नेसम्मको धम्की आएपछि पीडित महिला मिलापत्रका लागि बाध्य भएकी थिइन् । गत बिहीबार मिलापत्र गराएर राजधानी पठाउन लागिएको जानकारी पाएपछि महिला प्रहरीको सहयोगमा उद्धार गरिएको हो । दिक्तेलस्थित होटेल शुभदिनमा काम गर्ने क्रममा भएको कुटपिट तथा यौनदुव्र्यवहारका घटना मिलापत्रका कारण ओझेलमा परेको भन्दै आयोगले जिल्ला प्रहरी कार्यालयलाई लिखित पत्र पठाएर जाँच केश फारामकै आधारमा दोषी उपर किटानी जाहेरी दर्ता गरेर कारबाही थाल्ने निर्देशन दिइसकेको छ । तर एमाले नेतालाई जोगाउनका लागि खोटाङका प्रहरी प्रमुख विद्यानन्द माझीलाई प्रधानमन्त्री कार्यालयबाट समेत मुद्दा फितलो बनाउनू भन्ने निर्देशन गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ निकट स्रोतका अनुसार प्रहरी प्रमुख माझीलाई प्रधानमन्त्री कार्यालयबाट एमाले नेता रिजाललाई जुनसुकै अवस्थामा पनि मुद्दा फितलो बनाएर जोगाउने निर्देशन गएको छ ।

प्रहरीलाई घटनाका विषयमा अनुसन्धान थाल्न, पीडितलाई संरक्षण केन्द्रमा सुरक्षितरूपमा राख्ने व्यवस्था मिलाउन र मनोसामाजिक परामर्शकर्ताबाट सामाजिक परामर्श दिएर ‘रिफ्रेस’ हुने वातावरण बनाउन पत्राचार गरिएको आयोगले जनाएको छ । महिला तथा नाबालिकामाथि भएको यौनजन्य घटना मित्रापत्रका कारण घाउ जाँच केश फारममै टुंगिन लागेपछि आयोगको ध्यानाकर्षण भएको हो । होटेल सञ्चालकमध्येका हरिप्रसाद आचार्य र प्रबन्ध निर्देशक दीपनारायण रिजालको छोरा कविराज रिजालले कुटपिट तथा यौनदुव्र्यवहार गरेको आरोप लगाउँदै पीडित महिलाले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा घाउ जाँच केश फारमका लागि निवेदन दिएपछि घटना बाहिर आएको हो ।

घरबाट विस्थापित भएपछि २०७१ साल वैशाख ६ गतेदेखि बालसेवाको संरक्षणमा रहेका आमाछोरीलाई गत माघ २३ गतेदेखि होटेल शुभदिनमा ज्यालादारी कामदारका रूपमा लगिएको थियो । होटेलमा काम सुरु गरेको महिना दिनदेखि नै आचार्यले यौन आशयले व्यवहार गर्न थालेको निवेदनपत्रमा उल्लेख छ ।

पीडितले वैशाख २१ गते प्रहरीलाई दिएको निवेदनमा रिजालले समेत दुईजनालाई यौनदुव्र्यवहार गरेको उल्लेख छ । होटेलमा आएको ग्राहकको मोबाइल चोरेको आरोपमा वैशाख ११ गते राति कोठामा थुनेर कामदार तिलक कार्कीलाई कुटपिट गर्न लगाएर मरणासन्न पारिएको बताइएको छ । होटेलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीलाई कुटपिट तथा यौनदुव्र्यवहार गरेको आरोपमा होटेल सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेल सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिलनारायण रिजालका छोरा कविराज रिजाल, श्रीमती कोपिलादेवी रिजाल र कामदार तिलक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

]]>