देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पञ्चानब्बे लाख ठगी गर्ने महिला पक्राउ

देशान्तर

राजविराज । महूली खोला र सीतापुरको बनरा खोलाको नदी नियन्त्रण सम्बन्धी ठेक्कापट्टा मिलाई दिन्छु भनी ठगी गर्ने एकजना महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सप्तरीको भारदह–१ निवासी कङ्कालीनी बहुउद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष नुनुदेवी झा रहेको प्रहरीले जनाएको छ । ६० वर्षीया झाले एक वर्ष अगाडि विभिन्न बहाना बनाई न्यौपाने निर्माण सेवाका सञ्चालक झापा भद्रपुर नगरपालिका–९ बस्ने प्रेम न्यौपाने र साहिल निर्माणका सञ्चालक काठमाडौँ–१० बस्ने कमरुजमा सेखसँग रु ९५ लाख लिई ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।  

पक्राउ परेका झालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको बताइएको छ ।

झाबाट ठगीमा परेका न्यौपाने र सेखले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

 

]]>