देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस सरकार परिवर्तनको खेलमा लाग्दैन् : महामन्त्री कोइराला

देशान्तर

नेपालगन्ज। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजधानी केन्द्रित आन्दोलनलाई सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन् ।

नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटका अवसरमा उनले भने–‘राष्ट्र र जनताको पक्षमा मोर्चाको कुनै जायज माग छ भने त्यो पूरा हुनुपर्छ तर राजनीतिक अस्थिरताले प्रश्रय पाउने माग भने कुनै अवस्थामा पनि सम्बोधन गरिनु हुँदैन ।’ आप्mनो दल सरकार गिराउने खेलमा नलाग्ने स्पष्ट पार्दै डा कोइरालाले लोकतन्त्रको विधि र प्रक्रियाबाट सरकार गठन र पुनर्गठन हुनुपर्ने बताए ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले स्थानीय निकायको निर्वाचन राजनीतिक दलहरुसँगको सहमतिमा गर्नुपर्ने बताउँदै लोकतन्त्रमा जति धेरै निर्वाचन भयो त्यति नै लोकतन्त्र संस्थागत हुने बताए । 

 

]]>