देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको संरक्षणमा चोरीको अपराधबाट उन्मुक्ति !

देशान्तर

वीरगन्ज । चोरीको दसी प्रमाणसहित पक्राउ परेका एक उद्योगपतिलाई पर्सा प्रहरीले बिना कारवाही छोडेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुलाल चाचानले भारतबाट झिकाएको टीएमटी फलामे छड बोकेको बीआर २५ ए ०९६६ को मालवाहक ट्रक वैशाख २८ गते बेलुका मंगलवार ५ः३० बजे वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भई निस्केपछि गायब भएको थियो । 

चाचान इम्पेक्सको नाउमा भारतबाट आयात गरेको रु ३५ लाख बराबरको टीएमटी छड बोकेको ट्रक मंगलबार अचानक गायब भएपछि बुधबार जिल्ला प्रहरी कार्यालय पर्सा र अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्कालाई चाचानले ट्रक खोजिदिन आग्रह गरे । पर्साबाट बारा गएको सो ट्रकको इन्ट्री गण्डक प्रहरी चौकीमा नदेखिएपछि मालधनी चाचान र प्रहरी एक्सनमा आए ।

दुवै पक्षले तदारुकताका साथ ट्रकको खोजी गरेपछि सो ट्रक वीरगन्जकै अर्का उद्योगपति सत्यनारायण क्यालको जितपुरस्थित नारायणी रोलिङ मिलको यार्डमा अनलोड गरिरहेको बखत बिहीबार दिनको १० बजे प्रहरीले फेला पारेको थियो । त्यसपछि रोलिङ मिलका स्टाफ शैलेस खयरगोली, मालवाहक ट्रक, ड्राइभर र खलासीसमेत सबैलाई लिएर प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा झिकायो । 

सत्यनारायण क्याल वीरगन्जमा विवादास्पद छवि भएका व्यापारी हुन् । समयअनुसार रङ फेर्न जानेका क्याल यो चोरी काण्डमा एमालेको दबाबको कारण जोगिन सफल भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आप्mनो सोझै पहुँच भएकोले प्रहरीले आप्नो केही बिगार्न नसक्ने भन्दै क्यालले माथिकै दबाबबाट चोरी जस्तो सरकारी फौजदारी मुद्दाबाट उन्मुक्ति पाउन सफल भए । 

पर्सा प्रहरीले सत्यनारायण क्यालविरुद्ध जाहेरी दरखास्त नपरेकोले कारबाही अगाडि बढाउन नसकिएको जनाएको छ । विगतमा सत्यनारायण क्यालले माओवादी भूमिगत हुँदाको बखत नारायणी रोलिङ मिलमा कार्यरत मजदुर नेता राजेश मण्डललाई माओवादीको एरिया कमान्डर भएको भन्दै तत्कालीन सत्तापक्षसँग मिली हत्या गराएको आरोप लागेको थियो भने क्यालमाथि आफ्नै दाजु तत्कालीन पब्लिक डेभलोपमेन्ट बैंकका अध्यक्ष कुञ्जबिहारी क्याल बिरामी हँुदाको बखत डाक्टरसँग मिलेर हत्या गरेको चर्चा केही वर्ष अगाडि वीरगन्जमा चलेको थियो ।
 

]]>