देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्यटक तथा विद्यार्थीका लागि अमेरिकी भिसा प्रक्रियामा परिवर्तन

देशान्तर

काठमाडौं । काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूतावासले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
 
विज्ञप्तीमा जनाइअनुसार अब देखि पर्यटक र विद्यार्थी भिसाको आवेदन दिनेहरुले भिषा अन्तर्वार्ताका बेला बैंक व्यालेन्स प्रमाणपत्र, जग्गासम्बन्धी कागजात, निमन्त्रणापत्र वा त्यस्तै अन्य कागजपत्र पेश गर्नुपर्दैन ।  

अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्‍त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेकाले नियम परिवर्तन गरिएको हो ।  

विज्ञप्तिमा भनिएको छ, ‘कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्‍त गरेको छ ।’

‘आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु पर्दैन’, विज्ञप्तीमा भनिएको छ, ‘यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइनेछ ।’
 
दूतावासले जेठ १९ गते लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा राहदानी, पुराना राहदानी,  भिषा आवेदन (म्क्(ज्ञटण्) कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो, आई–ट्वान्टी (विद्यार्थी भिसा आवेदकका लागि),ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) लगे पुग्ने जनाएको छ ।

‘अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्दछ’, विज्ञप्तीमा भनिएको छ । 
 

 

]]>