देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालुवाटार घेराउपछि आज रत्नपार्कमा

देशान्तर

काठमाडौं । संघीय गठबन्धनले मंगलबार  बालुवाटारस्थित प्रधानमन्त्रीनिवास घेराउ गरेको छ । बालुवाटार पुग्ने वेला केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । बिहान १० बजे गठबन्धनका नेता–कार्यकर्ता भाटभटेनीबाट जुलुससहित बालुवाटारतर्फ लागेका थिए ।

सुरुमै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर झडप भएको थियो । झडपमा करिब २० कार्यकर्ता घाइते भएको गठबन्धनका नेता मनीष सुमनले बताए । प्रदर्शनकारीले निषेधित क्षेत्र लेखिएको प्रहरीको काँडेतारको बारलाई फाल्नुका साथै प्रहरीमाथि लाठी प्रहार गरेका थिए । प्रदर्शनकारीको प्रहारबाट असइ रवीन्द्र दुलालको औँला भाँच्चिएको छ ।

आज आमसभा, २९ दलका शीर्ष नेताले सम्बोधन गर्ने काठमाडौं केन्द्रित आन्दोलनको चौथो दिन गठबन्धनले रत्नपार्कको शान्तिबाटिकामा दिउँसो आमसभा गर्दै छ । आमसभालाई गठबन्धनका २९ दलका नेताले सम्बोधन गर्नेछन् ।काठमाडौंकेन्द्रित आन्दोलनको समीक्षा गर्न २९ दलीय संघीय गठबन्धनको मूल समिति बैठक मंगलबार बिहान ८ बजे बस्दै छ ।

संघीय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकले आन्दोलनका थप कार्यक्रमबारे पनि छलफल गर्नेछ । गठबन्धनका नेताहरूले दिएको जानकारीअनुसार रत्नपार्ककेन्द्रित आन्दोलन, रिले अनशनलगायत कार्यक्रमबारे छलफल भइरहेको छ । तर, तत्काल कडा प्रकृतिको आन्दोलनको कार्यक्रम भने सार्वजनिक नगरिने नेताहरूको भनाइ छ  । नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>